News / Notices
Contact Us
- Helpful Community Learning Center
- Pokhari Chauri– 3 Kavre, Nepal
- Phone: 011680157, 9851143396
- Email: helpfulclc1@yahoo.com
- www.Helpfulclc.org.np
Find Us Here
“साक्षर बानौं साक्षर बनाऊ
साक्षरता मापदण्ड पुरा गरौं
साक्षर अभियान सफल पारौ”
सहयोगी सामुदायिक अध्ययन केन्द्रको
अनुरोध
साक्षर बनौं, क्षमता बढाऔं ।
साक्षरता कक्षा संचालनमा राजनितिक दल, संघ÷संस्था, विद्यालय लगायत सबै सरोकारवालाहरुले सहयोग गरौं ।
गाउँ बस्तीबाट निरक्षरता उन्मुलन गरौं ।
आफु साक्षर बनौं, अरुलाई साक्षर बनाऔं ।
साक्षर बनौ सीप सिकौं, स्वरोजगार भई आयआर्जन बढाऔं ।
साक्षरताका फाइदाका विषयमा प्रचारप्रसार गरौं, कक्षा संचालनमा सहयोग पु¥याऔं ।
तपाई त शिक्षित हुनुहुन्छ, के तपाइको घर परिवाका सदस्य वा छिमेकीहरु सबै साक्षर छन ? यदि छैनन् भने साक्षर गराउने मौकाको उपयोग गरौं÷ गराऔं साथै आफ्नो घर परिवार तथा बस्तीमा रहेका निरक्षर सदस्यहरुलाइृ आफैंले साक्षर गराऔं ।
साक्षरताका मापदण्डहरु ः
राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षर पढ्न र लेख्न सक्ने,
नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र वील पढ्न सक्ने,
आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने,
मोबाइल र क्यालकुलेटरका अङक र अक्षर चिनी प्रयोग गर्न सक्ने,
०–९ सम्मका अङ्क अक्षर लेख्न सक्ने,
१ देखी १०० सम्म गणना गर्न सक्ने,
लेनदेनका हरहिसाब राख्न सक्ने,
सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझन सक्ने,
सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता देखाउन,
घडी हेरेर समय बताउन सक्ने,
भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने,
बैंक भौचर भर्न र चेक खिच्न सक्ने ।
साक्षर पोखरी चौंरी पश्चात्को परिकल्पना ः
उपर्युक्त संयुक्त प्रयत्नको फलस्वरूप साक्षर पोखरी चौंरी अभियान यसै आर्थिक वर्ष सम्ममा सफलतापूर्वक सम्पन्न हुनेछ । उक्त कार्यक्रम सम्पन्न भएपछि पोखरी चौंरी सदाका लागि निरक्षरता उन्मूलन भएको घोषणा विशेष कार्यक्रमको आयोजना गरी गरिने छ । यस आर्थिक वर्ष पछिको पोखरी चौंरी मा ः
१५ वर्ष माथिका सवै नेपाली नागरिक साक्षर भएका हुनेछन्, ।
१५ वर्ष मुनिका सवै वालवालिकाहरुको विद्यालय भर्नादर शतप्रतिशत हुनेछ ।
नवसाक्षर नागरिकहरू सामाजिक, राजनैतिक, आर्थिक तथा साँंस्कृतिक रुपमा आफ्नो अधिकार र कर्तव्यप्रति सचेत भएका हुनेछन्, ।
नवसाक्षरहरुको जीवनयापन सहज र गुणस्तरीय हुनेछ, ।
काभ्रेपलाञ्चोक र समग्रमा नेपालकै मानव विकास सूचाकांक उच्च रहने छ ।
समृद्ध र समुन्नत काभ्रेपलाञ्चोक कोे आधार निर्माण हुनेछ ।
साक्षर नेपाल अभियान को सफलताको आधार निर्माण हुनेछ ।
नवसाक्षरहरु विभिन्न सीपमूलक तालिममा सहभागी भई स्वरोजगार हुनेछन् ।
साक्षरता र निरन्तर सिकाइः
साक्षर नेपाल अभियानबाट साक्षर भएका नवसाक्षरहरु पुनः निरक्षर नहोउन् भन्नाका लागि उनीहरुलाई निरन्तर शिक्षाका अवसरहरु प्रदान गरिने व्यवस्था गरिने छ । स्थानीयस्तरमा रहेका सामुदायिक पुस्तकालयहरुको क्षमता बृद्धि गर्न र नवसाक्षरहरलाई पुस्तकालयको प्रयोग गर्न सहयोग र प्रोत्साहन गरिने छ । साक्षरोत्तर शिक्षा, खुला विद्यालय तथा अनौपचारिक प्रौढ विद्यालयमा सहभागी गराई निरन्तर सिकाइको अवसर दिइने छ । नवसाक्षरहरुका लागि विभिन्न प्रकारका रोजगार र सीपमूलक तथा व्यवसायिक तालिम प्रदान गरी स्वरोजगार बन्न अभिप्रेरित गरिनेछ ।

Attachments#
No files