Contact Us

  • Helpful Community Learning Center
  • Pokhari Chauri– 3 Kavre, Nepal
  • Phone: 011680157, 9851143396
  • Email: helpfulclc1@yahoo.com
  • www.Helpfulclc.org.np

Find Us Here

लक्ष्य तथा उद्देश्यहरु

महिला, पिछडिएका वर्ग, दलित तथा निरक्षर वर्गको जीवनस्तर उठाउन शैक्षिक चेतना जगाउँदै विभिन्न सीपमूलक, आयमूलक  तथा व्यवसायिक कार्यक्रम संचालन गर्ने ।
सहयोगी सामुदायिक अध्ययन केन्द्रको परिकल्पना ९ख्ष्कष्यल०
 जीवनोपयोगी र गुणात्मक शिक्षा तथा रोजगार र सीपमूलक तथा व्यवसायिक तालिम  को माध्यमद्वारा शिक्षित, सुसंस्कृत र समुन्नत तथा गतिशिल समाजको  स्थापना र विकास गर्न सहयोग पु¥याउन गुणस्तरीय शिक्षाको विकास तथा विस्तार गर्ने ।
सहयोगी सामुदायिक अध्ययन केन्द्रको  लक्ष्य ९ःष्कष्यल०
शिक्षालाई विकासको संवाहक बनाउने दृष्टिकोणले पोखरी चौंरी वासीहरु सबैलाई आधारभूत शिक्षा उपलब्ध गराउने र विविध कार्यक्रम मार्फतस्वरोजगार बन्न अभिप्रेरित गर्ने ।


(क)    यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख)     व्यवसायिक कृषि तथा वैज्ञानिक खेतीपातीको लागि विभिन्न कार्यक्रम संचालन गर्ने
(ग)     गरिबी निवारणको लागि ग्रामिण समाजमा रहेको जल, जमिन, जडिबुटी लगायतका प्राकृतिक स्रोत साधनको पहिचान गरी आत्मनिर्भरता र स्वरोजगारको सृजना गर्न मद्दत गर्ने कार्यक्रम संचालन गरी विदेशीएका यूवाहरुलाई गाँउ फर्क अभियानमा समाहित गर्ने ।
(घ)     महिला तथा वालवालिका, वृद्घ, अपाङ्ग, तथा असाहयको हक हितको  लागि जनचेतना, तालिम, गोष्ठि, आदि संचालन गरी उनीहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम गर्ने ।
(ङ)     स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा ग्रामिण पिछडिएका समुदायमा पुराउदै पोषण, खोप, शिविर जस्ता स्वास्थ्य सेवा मुलक, जनचेतना, तालिम, गोष्ठि, सभा आदि कार्यक्रम संचालन गर्ने ।
(च)      एच.आई.भी एड्सको न्यूनिकरणको लागि औपचारिक, अनौपचारिक कार्यक्रम संचालन गर्ने ।
 (छ)     मानव अधिकार तथा सामाजिक न्याय र सबै खाले अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्ने । द्वन्द्व पीडितहरुको हक हितको  सम्बन्धमा जनचेतना, तालिम, गोष्ठि, आदि संचालन गर्ने,  खास गरी द्वन्द्वको चपेटामा परेका महिला तथा वालवालिकालाई  हित हुने कार्यक्रम गर्ने ।
(ज)    धार्मिक, साँस्कृतिक, कला सँस्कृति तथा पुरातात्विक संरचनाको संरक्षण, बाटो–घाटा,े मठ–मन्दिर, सरसफाई  कार्यक्रम संचालन गरी विकासको पूर्वाधारको निर्माणमा सहयोग पुराउने ।

(झ)    ग्रामिण भेगमा खानेपानी तथा सिंचाईको समस्यालाई समाधान गर्ने  कार्यक्रम  संचालन गर्ने ।
(ञ)     विश्वमा समस्याको रुपमा रहेको जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जनचेतनामुलक, शिक्षाप्रद कार्यक्रम संचालन गर्ने, वातावरणको संरक्षण सम्बद्र्धनका लागि गर्नुपर्ने सबैखालका गतिविधी संचालन गर्ने ।
(ट)    लोपोन्मुख पशुपंक्षी बोट विरुवा जडिबुटी आदिको पहिचान गरी संरक्षण सम्बद्र्धन गर्ने
(ठ)    ग्रामिण समुदायमा पर्यटन पुर्वाधारको विकास गरी ग्रामिण पर्यटनको विकास गर्ने ।
(ड)     अन्तराष्ट्रिय उत्पीडित पीछडिएका वर्ग तथा समुदाय संग सामाजिक चेतना आदान प्रदान गरी   उनीहरुसंग सहकार्य गर्ने ।
(ढ)    चेलिबेटी बेचबिखन, घरेलु हिंसा लैगिक बिभेद, जातीय छुवाछुत, वाल विवाह, वाल श्रम विरुद्द कार्यक्रम संचालन गरी यसको निराकरणको लागि आवश्यक कार्यक्रम संचालन गर्ने ।
(ण)     विभिन्न सामाजिक संघ, संस्था, नेपाल सरकार, समाज कल्याण परिषद, एवं दातृ संस्थाहरूसँग समन्वय राखी सामाजिक विकासका निमित्त मानविय श्रोत विकास गर्ने संस्थाको रुपमा काम गर्र्नेे, राष्ट्रको सर्वाङ्गिन विकासमा टेवा पुर्याउने ।
(त)     विद्यालय जान बाट वञ्चित समुदायका विद्यालय जान नपाएका बीचैमा छोडेका वालवालिका प्रौढ लागि साक्षरता, साक्षरोत्तर तथा निरन्तर शिक्षा पाउने अवसर प्रदान गर्ने ।
(थ)     युवा तथा खेलकुद, महिला तथा वालवालिका र दलित तथा पिछडिएका वर्गको हितको लागि विविध कार्यक्रम संचालन गर्ने । खेलकुदको विकासको लागि  खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद,  जिल्ला खेलकुद विकास समिति संग समन्वय राखी विभिन्न खेलकुद गतिबिधी संचालन गर्ने ।
(द)    लक्षित वर्गको पहिचान गरी घरधुरी सर्वेक्षणको आधारमा कार्यक्रम निमार्ण गरी स्रोत अनुसार प्राथमिकिकरण गर्ने ।
(ध)    समुदायको आवश्यकता अनुसार विभिन्न समुह गठन गरी समुदायका मानिसको जविनस्तर उठाउन सीपमूलक, आयमूलक  तथा व्यवसायिक कार्यक्रम संचालन गर्ने ।