Contact Us

  • Helpful Community Learning Center
  • Pokhari Chauri– 3 Kavre, Nepal
  • Phone: 011680157, 9851143396
  • Email: helpfulclc1@yahoo.com
  • www.Helpfulclc.org.np

Find Us Here

संस्थाको परिचय

वागमती अञ्चलको काभ्रे जिल्ला स्थित पोखरी चौंरीमा २०६८ स्थापित सहयोगी सामुदायिक अध्ययन केन्द्र  ःगतिष्(मष्mभलकष्यलब िसंस्था हो । सामुदायिक अध्ययन केन्द्र समाजका मानिसको अग्रसरतामा समासजको विकासका लागि स्थापित संस्था हो । बदलिदो विश्व परिवेश अनुकुलको सीप, ज्ञान, धारणा तथा सामाजिक एकता बाट समाजको सर्वाङ्गीण विकास गर्ने ध्येय मुताविक स्थापित यस केन्द्र समुदायले संचालन र व्यवस्थापनको जिम्मा लिई खोलिएको स्थानीय विकासलाई दिने टेवा खालको ज्ञान, सीप तथा सुचना प्रवाह गरी कार्यमूलक शिक्षा संचालन गर्ने सामाजिक संस्था हो । नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्रको स्वीकृति प्राप्त सामुदायिक अध्ययन केन्द्र काभ्रे जिल्लामा हाल सम्म २४ वटा छन । संचालन र व्यवस्थापन को लागि केहि रकम शिक्षा कार्यालय मार्फत प्राप्त हुने भए पनि अन्य स्रोतको खोजी नगर्दा २÷३ वटा बाहेक अन्य सामुदायिक अध्ययन केन्द्र झोलामा मात्र सीमित भएको परिप्रक्ष्यमा यस केन्द्रले विभिन्न संघ संस्था, व्यक्ति तथा गा.वि.स संग समन्वय गर्दै छोटो समयमा धेरै काम गरिसकेको छ । २०० जना साधरण सदस्य भएको यस केन्द्रले गा.वि.स. तथा अन्य विभिन्न सामाजिक संघ संस्थासंग समन्वय गरी आफ्नो गतिविधी अघि बढाइरहेको छ । पोखरी चौंरीका ९ वटै वडामा महिला समूह गठन तथा परिचालन गरी वचत तथा ऋण कार्यक्रम संचालन गरिरहेको छ । यी र यस्ता खालका कार्यहरु गर्ने मनोकांक्षा हँदा पनि कठिन छ अत सामुदायिक अध्ययन केन्द्र लाई निरन्तर आम्दानी हुने स्रोत नहुँदा यसको दिगोपनमा प्रश्न चिन्ह उठ्छ, ।
 सहयोगी सामुदायिक अध्ययन केन्द्रले स्थापना काल देखिनै शैक्षिक, आर्थिक तथा सामाजिक रुपले पिछडिएका ग्रामिण बस्तीहरुमा विभिन्न संचालन गरी साक्षरता, साक्षरोत्तर,तथा निरन्तर शिक्षा पाउने अवसर प्रदान गरी साक्षरता अभियानमा सहयोग पुराउनुको साथै विविध समुह निर्माण÷गठन तथा परिचालन गरी सामुहिकता, सहकार्यता, सहकारिता तथा महिला शसक्तिकरणमा समेत टेवा पुराएको दिनको घाम जस्तै प्रस्ट छ ।  काभ्रे जिल्लाको शैक्षिक, आर्थिक तथा सामाजिक रुपले पिछेिडएको कोशीपारी क्षेत्र जसलाई काभ्रेको कर्णालीको रुपमा हेरिन्छ त्यसै क्षेत्रमा पर्ने  पोखरी चौंरी गा.वि.स करिब ५००० जनसंख्यामा ६०० (२०६७ सालमा लिइएको नाम निरक्षरको नामेसीको आधारमा) निरक्षर रहेका छन । दलित जनजातिको बसोबास तथा महिला निरक्षर बढि भएको कारणले निरक्षरता को दर बढेको स्वाभाविक छ । त्यसैले माथिका यि विविध कारणले गर्दा त्यि शैक्षिक, आर्थिक तथा सामाजिक रुपले पिछडिएका वर्गको लागि लक्षित साक्षरता, साक्षरोत्तर,तथा निरन्तर शिक्षा तथा व्यवसायिक, सीपमूलक तथा कार्यमूलक शिक्षा संचालन गर्नु सामुदायिक अध्ययन केन्द्रको प्रमुख काम हो ।