गतिबिधीहरु

Contact Us

  • Helpful Community Learning Center
  • Pokhari Chauri– 3 Kavre, Nepal
  • Phone: 011680157, 9851143396
  • Email: helpfulclc1@yahoo.com
  • www.Helpfulclc.org.np

Find Us Here

गतिबिधीहरु

सशक्तिकरण कार्यक्रमः  अधिकांस नेपाली महिला हरुको चेतनाको  स्तर न्युन छ । त्यसबाट पोखरी चौंरी पनि अछुतो छैन । उनीहरु आफ्नो हक अधिकारको बारेमा समेत नभएको पाइन्छ । आफ्नो हक अधिकारको बारेमा सचेत गराउने,उनीहरुको क्षमता अभिबृद्धि गर्ने तथा सशक्तिकरणमा जोड दिने उद्देश्यले  सहयोगी सामुदायिक अध्ययन केन्द्रले बिभिन्न समयमा क्षमता अभिबृद्धि, संस्थागत विकास तथा सशक्तिकरण विषयमा अनुशिक्षण तथा अन्य कार्यक्रम संचालनगर्ने गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रमः
सामुदायिक अध्ययन केन्द्रले बिभिन्न चाडपर्व तथा दिवसको अवसरमा शुभकामना तथा विबिध कार्यक्रमहरु संचालन गर्ने गरेको छ । नयाँ वर्ष, साक्षरता तथा शिक्षा दिवस को अवसरमा, तिज विशेष शुभकामना कार्यक्रम, दशै तिहार विशेष शुभकामना कार्यक्रम संचालन गर्दै आएको छ

जनचेतनामूलक कार्यक्रमः
सहयोगी सामुदायिक अध्ययन केन्द्रले समुदायका मानिसको चौतर्फी विकासको लागि बिभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ । सरसफाई कार्यक्रम, चेतनामूलक दाहोरी कार्र्यक्रम, कबिता प्रतियोगिता तथा बिभिन्न कार्यक्रम संचालन गरी समुदायका मानिसको चेतना स्तर उठाउने काम गरेको छ

सुचना तथा स्रोत केन्द्रः
सहयोगी सामुदायिक अध्ययन केन्द्र ले काभ्रे जिल्लाको एक मात्र सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको स्थापना गरेको छ । साक्षरता कक्षा लिदैं गरेकी महिला, बृद्ध, विद्यर्थाी सबै उमेर समूहका मानिसका लागि उपयोगी सामाग्री सामुदायिक पुस्तकालयका पाइन्छ